युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पूरा भएको छ।
गएराति क्वार्टरफाइनलका दुई खेल सकिएसँगै फाइनल पुग्न भिड्ने टिमको टुंगो लागेको हो।
गएरातिको खेलपछि रियललाई समग्रमा १-५ गोलले पराजित गर्दै आर्सनलले सेमिफाइनलमा स्थान पक्का गर्यो।
गएराति नै इन्टर मिलानले आफ्नो मैदानमा बायर्न म्युनिखसँग २-२ गोलको बराबरी खेल्यो। यसअघि पहिलो लेगमा इन्टरले बायर्नलाई उसको घरमा २-१ गोलले पराजित गरेको थियो।
गएरातिको खेलपछि समग्रमा ४-३ को नतिजा निकाल्दै इन्टर सेमिफाइनलमा पुगेको हो।
डर्टमन्डलाई हराउँदै बार्सिलोना र एस्टन भिल्ललाई हराउँदै पिएसजी यसअघि नै सेमिफाइनल पुगेका थिए।
सेमिफाइनलमा अब आर्सनलले पिएसजीसँग र बार्सिलोनाले इन्टर मिलानसँग भिड्नेछन्।
आर्सनल र पिएसजीबीचको खेल अप्रिल ३० र बार्सिलोना र इन्टरबीचको खेल मे १ मा हुनेछ।