युरोपा लिग २०२४/२५ को सेमिफाइनल समिकरण पूरा भएको छ। सेमिफाइनलमा इंग्ल्याण्डका दुई क्लब म्यानचेस्टर युनाइटेड र टोटनहम तथा स्पेनको एथ्लेटिक क्लब र नर्वेको बोडो/ग्लिम्ट पुगेका छन्।
युनाइटेडले एथ्लेटिक क्लब र टोटनहमले बोडोसँग खेल्नेछन्।
सेमिफाइनलको पहिलो लेग १ मे २०२५ मा र दोस्रो लेग ८ मे २०२५ मा खेलिनेछ। फाइनल खेल २१ मे २०२५ मा स्पेनको बिलबाओस्थित सान ममेस स्टेडियममा हुनेछ।
एथ्लेटिक क्लबले स्कटिस क्लब रेंजर्सलाई २-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।
म्यानचेस्टर युनाइटेडले फ्रेन्च क्लब लियोनविरुद्ध ७-६ को समग्र स्कोरमा नाटकीय जित हासिल गर्दै सेमिफाइनलमा प्रवेश गर्यो।
बोडोले इटालियन क्लब लाजियोविरुद्ध पेनाल्टी सुटआउटमा जित हासिल गर्दै प्रतियोगिताको आश्चर्यजनक टोलीको रूपमा अगाडि बढ्यो।
टोटनहमले जर्मन क्लब फ्रान्कफर्टलाई २-१ को समग्र स्कोरमा पराजित गर्यो। उसका लागि डोमिनिक सोलांकेले पेनाल्टीमार्फत निर्णायक गोल गरे।
सेमिफाइनलमा एथ्लेटिक क्लब र म्यानचेस्टर युनाइटेडको भिडन्त विशेष चासोको विषय बनेको छ, किनभने फाइनल खेल एथ्लेटिक क्लबको घरेलु मैदान सान ममेसमा हुनेछ। यदि एथ्लेटिक क्लब फाइनलमा पुगेमा उनीहरूलाई घरेलु समर्थकहरूको साथ रहनेछ।
विजेता टोलीले २०२५/२६ को युएफा च्याम्पियन्स लिगको समूह चरणमा स्थान पाउनेछ र २०२५ युएफा सुपर कपमा च्याम्पियन्स लिग विजेतासँग प्रतिस्पर्धा गर्नेछ।