पोखरा थन्डर्स एफसी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा पुगेको छ।
आइतबार दशरथ रंगशालामा भएको एलिमिनेटरको खेलमा एफसी चितवनलाई ३-० गोलले हराएर पोखरा फाइनल नजिक पुगेको हो।
चितवनका अभिषेक लिम्बूले ६३ मिनेटमा गरेको आत्मघाती गोलबाट पोखराले अग्रता लियो।
जोए एइडोले ७२ मिनेटमा गरेको गोलबाट पोखराले अग्रता दोब्बर पार्यो।
उनले नै ७६ मिनेटमा तेस्रो गोल गर्न सफल भए।
अब दोस्रो क्वालिफायरमा अब पोखराले धनगढी एफसीसँग खेल्नेछ। धनगढी पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसीसँग पराजित भएको थियो।
अब पोखरा र धनगढीबीचको विजेताले उपाधिका लागि ललितपुर सिटीसँग खेल्नेछ।