ब्राजिलका लेजेन्ड फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन्। उनी मंगलबार बिहान नेपाल आइपुगेका हुन्। नेपाल सुपर लिगको निमन्त्रणामा उनी नेपाल आइपुगेका हुन्।
मंगलबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका कार्लोसले बेलुका फ्यानहरूसँग गाला डिनर गर्नेछन्। यस्तै उनी बुधबार दशरथ रंगशालामा जानेछन्। त्यहाँ उनले नेपाल सुपर लिगको दोस्रो क्वालिफायरको खेल अन्तर्गत पोखरा र धनगढी बीचको खेल हेर्नेछन्। उनी बुधबार नै फर्कने कार्यक्रम छ।
कार्लोस सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा प्रमुख खेलाडी थिए। त्यसअघि सन् १९९८ को विश्वकपको फाइनल खेल्दा पनि उनी टोलीका लागि महत्वपूर्ण खेलाडी थिए।
५१ वर्षीय कार्लोसले ब्राजिलका लागि सन् १९९२ देखि २००६ सम्म १२५ खेलमा ११ गोल गरेका थिए। उनी लेफ्टब्याकमा विश्वमा कहलिएका खेलाडी थिए। उनले प्रहार गरेको फ्रिकिक बलले घुमाउरो रूप लिँदै विपक्षी टिमको पोष्टको जाली चुमेको दृश्य फुटबलप्रेमीहरूले बिर्सन सक्दैनन्। स्पेनिस क्लब रियाल मड्रिडबाट लामो समय क्लब फुटबल खेलेका उनी ब्राजिलले २००२ को विश्वकप जित्दाका महत्वपूर्ण टिम सदस्य थिए।
नेपाल आइपुगेपछि उनले नेपालमा रहेका ब्राजिलियन फुटबल फ्यानलाई धन्यवाद दिएका छन्।
यसअघि भारत आउँदा नेपालको बारेमा सुनेको र अहिले नेपाल आइपुग्दा धेरै खुसी लागेको उनले बताए। रियल म्याड्रिड जस्तो विश्वकै चर्चित र ठूलो क्लबबाट खेल्न पाउनु सबैका लागि ठूलो कुरा रहेको उनले बताए। साथै उनले आफ्नो चर्चित फ्रिकिकबारे बोल्दै त्यो एउटा म्याजिकसँगै आफूले गरेको मेहनतको फल भएको बताए। साथै उनले नेपालमा रहेका फुटबल खेलाडीलाई सन्देश दिँदै मेहनत र परिश्रमले मात्र उपलब्धि हासिल गर्न सकिने बताए।
तस्बिरहरू:
-ink-1745296657.jpeg)
-ink-1745296657.jpeg)
-ink-1745296656.jpeg)
-ink-1745296656.jpeg)
-ink-1745296656.jpeg)
-ink-1745296655.jpeg)
-ink-1745296655.jpeg)
-ink-1745296655.jpeg)