युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोना र बेल्जियन क्लब ब्रजसँग बराबरी खेलेको छ। बुधबार राति भएको खेल ३-३ बराबरीमा सकियो।
घरेलु मैदनमा ब्रजले अग्रता लिए पनि जोगाउन सकेन।
यस्तै म्यानचेस्टर सिटीले बोरुसिया डर्टमन्डमाथि ४-१ गोलको जित निकाल्यो। सिटीका लागि फिल फोडनेले २२ र ५७ मिनेटमा गोल गरे। अर्लिङ हल्यान्डले २९ र रायन चेर्कीले दोस्रो हाफको इन्जुरी समयमा गोल गरे।
लिगमा लिभरकुसेनले बेन्फिकालाई १-० गोलले हरायो भने न्युकासलले एथलेटिक बिल्बाओलाई २-० गोलले पराजित गर्न सफल भयो।
लिगको अंक तालिकामा चार चरणका खेल सहिदा बायर्न म्युनिख, आर्सनल र इन्टर मिलानले १२-१२ अंक जोडेका छन्।
म्यानचेस्टर सिटीको १० अंक छ भने पिएसजी, न्युकासल, रियल म्याड्रिड र लिभरपुलले ९-९ अंक जोडेका छन्।