टोकियो पारालिम्पिक २०२० मा नेपालकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पहिलो चरणमा बेलायतकी खेलाडीसँग खेल्ने भएकी छिन्।
के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा नेपालकी पलेशा र बेलायतकी बेथ मुनरोबीच खेल हुन तय भएको हो।
प्रिक्वार्टरफाइनलको सो खेल आगामी शुक्रबार विहान हुनेछ। यो स्पर्धाको फाइनल शुक्रबार नै हुनेछ।
नेपालको प्रशिक्षकमा कविराज नेगी लामा प्रशिक्षक छन्।