विश्व नम्बर एक सर्वियन टेनिस स्टार नोभाक जोकोभिचलाई पराजित गर्दै रसियाका डानिल मेदेभेदेवले वर्षको युएस ओपन टेनिस प्रतियोगिताको उपाधि जितेका छन्।
आइतबार राति न्युयोर्कमा भएको फाइनल भिडन्तमा मेदेभेदेवले ६-४, ६-४ र ६-४ ले पराजित गर्दै उपाधि जितेका हुन्।
मेदेभेदेवको यो पहिलो ग्रान्डस्लाम उपाधि हो।
दोस्रो वरीयताका मेदेभेदेवले यसअघि दुई ग्रान्डस्लामको फाइनलमा स्थान बनाएर पनि उपाधि बिमुख भएका थिए।
यता यो वर्षका अस्ट्रेलियन ओपन, फ्रेन्च ओपनर र विम्बल्डनको उपाधि जितेका जोकोभिचको युएस ओपन जितेर २१ औं ग्रान्डस्लाम जित्ने लक्ष्य पूरा हुन सकेन।
३४ वर्षीय जोकोभिचले उपाधि जितेको भए स्विस टेनिस स्टार रोजर फेडेरर र स्पेनिस स्टार राफायल नाडाललाई पछि पार्ने थिए।