राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधी लुम्बिनी प्रदेशले जितेको छ।
पिएफए स्पोर्टस क्लब अत्तरियाको आयोजनामा शनिबार धनगढी रंगशालामा भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई सडनडेथमा हराउँदै लुम्बिनीले उपाधी हात पारेको हो।
लुम्बिनीले कर्णालीलाई सडनडेथमा १०–९ ले हराएको हो। यसअघि निर्धारित समय दुबै टोलीले १–१ को बराबरी खेलेका थिए।
दुबै टोलीले आत्मघाती गोल गर्दा बराबरी भएको थियो।
उपाधीसँगै लुम्बिनी प्रदेशले ५ लाख नगदसहित ट्रफी मेडल प्राप्त गरेको छ।
यस्तै उपविजेता कर्णाली प्रदेशले ३ लाख नगदसहित ट्रफी मेडल प्राप्त गरेको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी लुम्बिनी प्रदेशका फागुराम चौधरी घोषित भए। उनले नगद २० हजार प्राप्त गरे।
उत्कृष्ट रक्षक लुम्बिनी प्रदेशका चेतन थारु, उत्कृष्ट गोल रक्षक कर्णाली प्रदेशका सुदीप शाही ठकुरी, उत्कृष्ट प्रशिक्षक कर्णाली प्रदेशका चन्द्रप्रकाश शाही भए। उत्कृष्ट मिडफिल्डर कर्णाली प्रदेशका भुपेन्द्र शाही भए। उनीहरूले जनही १०/ १० हजार पाए।