भेट्रान तेक्वान्दो खेलाडी अशोक खड्काले दोस्रो क्योङगी युनिभर्सिटी ओपन पुम्से तथा पारा पुम्से च्याम्पियनसिपमा कास्य पदक जितेका छन्।
दक्षिण कोरियामा भएको आइतबार भएको च्याम्पियनसिपमा नेपालका अशोकले सिनियर ४० वर्ष मुनिको इभेन्टमा कास्य जितेका हुन्। फ्रान्सका खेलाडी पहिलो र अस्ट्रेलियाका खेलाडी दोस्रो भयो।
दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमीका निर्वाह गरेका अशोकले खेलाडीको रुपमा पछिल्लो पटक २०१७ र २०१८ को अस्ट्रेलियन पुम्से स्वर्ण पदक जितेका थिए।
उनी पुम्से, ग्यारोगी र पारा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक हुन्।
अशोकले अस्ट्रेलिया, जापान, युके, दक्षिण कोरिया, थाइल्यान्ड, भारत, भुटान लगायतका देशमा खेलाडीको रुपमा पदक प्राप्त गरिसकेका छन्।
साथै अशोक नेप्लिज तेक्वान्दो एकेडेमका अध्यक्ष समेत रहेका छन्।