तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्कालाई विश्व तेक्वान्दो- कुकिवन अन्तर्गत विश्व तेक्वान्दो एकेडेमीले तेस्रो श्रेणीको तेक्वान्दो जर्ज क्वालिफाइङ कोर्षको प्रमाणपत्र हस्तान्तरण गरेको छ।
जुलाई २०२३ मा उनले सो कोर्ष पूरा गरेका थिए। सोमबार दक्षिण कोरियास्थित कुकिवनको कार्यलयमा विश्व तेक्वान्दो एकेडेमीका अध्यक्ष किम सेइ हेइओकले अशोकलाई सो प्रमाणपत्र हस्तान्तरण गरेका थिए। किम १९८८ का ओलम्पियन समेत हुन्।
अशोक मुजु तेक्वान्दो २०२३ डब्लूटी पुम्से ओपन च्यालेन्ज प्रतियोगिताका लागि पनि दक्षिण कोरिया गएका हुन्। अब उनी प्रतियोगिताका लागि जानेछन्। प्रतियोगितामा नेपालका आयुष ढुंगेलले पनि प्रतिस्पर्धा गर्दैछन्।
प्रतियोगिता आगामी नोभेम्बर ३ देखि ५ सम्म सञ्चालन हुनेछ। प्रतियोगिता वर्ल्ड तेक्वान्दोले आयोजना गर्न लागेको हो।
निर्णायक अशोकले दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमीका निर्वाह गरिसकेका छन्।
उनी पुम्से, ग्यारोगी र पारा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक हुन्। अशोक नेप्लिज तेक्वान्दो एकेडेमका अध्यक्ष समेत रहेका छन्।