मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्वकपमा नेपालले पनि प्रतिस्पर्धा गर्ने भएको छ।
सहभागी हुने नेपाली राष्ट्रिय सेपाकताक्रो टोलीलाई युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार बिदाइ गरेका छन्।
नेपालको प्रतिनिधित्व गर्ने टोलीलाई आत्मविश्वासी प्रदर्शन सहित उच्च प्रदर्शन गर्न मन्त्री श्रेष्ठले शुभकामना दिए।
रोशन तामाङको कप्तानीमा रहने नेपाली टिममा दीपेशजंग थापा, उमेश बहादुर महतो, अनिल जार्गा मगर, विजय महतो र पदम बहादुर थाडा मगर रहेका छन्।
प्रशिक्षकमा श्याम बहादुर श्रेष्ठ, म्यानेजरमा नेत्र प्रसाद गुरुङ्ग र अन्तराष्ट्रिय टेक्निकल अफिसरमा नेसिर मास्के रहेका छन्।
शनिबारदेखि सुरू हुने विश्व कपमा कुल २१ राष्ट्रको सहभागीता रहनेछ। नेपाल डिभिजन वानमा रहेको छ। जहाँ कुल ९ राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ। प्रिमियरमा भने १२ राष्ट्र रहेका छन्।