अरहान्तकेशर सिंह र अमिर ब्लोन बिहिबार एनएसआरए राष्ट्रिय र्याङकिङ स्क्वास प्रतियोगिताको फाइनलमा पुगेका छन्।
नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भइरहेको प्रतियोगिताको महिला एकलमा विपना ब्लोन र स्वस्थानी श्रेष्ठ उपाधि भिडन्तमा पुगे।
सातदोबाटोस्थित स्क्वास हलमा भएको पहिलो सेमिफाइनलमा विपनाले चिरपरिचित प्रतिद्वन्द्वी कृष्णा थापालाई चार सेटमा ११–३, ९–११, ११–५ र ११–६ ले हराइन्।
अर्को सेमिफाइनलमा लिग चरणमा शीर्ष स्थानमा रहेर नकआउटमा पुगेकी स्वास्थानीले अस्मिता नगरकाटीको चुनौती सजिलै ११–७, ११–२ र ११–२ ले समाप्त पारिन्।
यसअघि, पुरुष एकल सेमिफाइनलमा अरहान्तले पाासाङ ब्लोनलाई सीधा सेटमा ११–६, ११–६ र ११–५ तथा अमिरले दीपक थापालाई चार सेथमा १४–१२, ४–११, ११–९ र ११–९ ले पराजित गरे।
हरेक वर्ष वरीयता छुट्याउन भइरहको यो प्रतियोगिताको समापन शुक्रबार हुनेछ । यस प्रतियोगिताबाट प्राप्त वरीयता २०८१ सालको चैत महिनासम्म रहनेछ।