काभा च्याम्पियन्स लिगमा नेपालको हेल्प नेपालले विजयी सुरुवात गरेको छ। 
हेल्प नेपालले आइतबार राति भएको खेलमा घरेलु टोली माल्दिभ्सको धिवेही सिफान क्लबलाई पराजित गर्यो। 
हेल्प नेपालले ३-२ को सेटमा जित निकालेको हो। हेल्प नेपालले पहिलो सेट ३३-३१ र दोस्रो सेट २५-२० ले जित्यो। 
तर तेस्रो सेट २२-२५ र चौथो २०-२५ ले गुमाएपछि खेल पाँचौ सेटमा पुगेको थियो। पाँचौ सेटमा  १५-८ जित निकाल्दै विजयी सुरुवात गर्यो। 
अब नेपालले क्लब आज एचडीसँग खेल्नेछ। तेस्रो खेल १९ जुलाईमा  बिस्केक-किर्गिस्तानसँग खेल्नेछ। 
चौथो खेल २१ जुलाईमा झाएक भिसीसँग र २२ जुलाईमा श्रीलंका स्पोर्ट्स अथोरिटीसँग अन्तिम खेल हुनेछ। 
लिग चरणको शीर्ष दुई टोलीबीच २३ जुलाईमा उपाधि भिडन्त हुनेछ।