सामरी उत्थान सेवा र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा चित्रकला प्रदर्शनी भएको छ। गत मंसिर १४ गतेदेखि ‘जात व्यवस्था र यौनिकताः कलामार्फत प्रतिरोध’ शीर्षकमा प्रतिष्ठानमा चित्रकला प्रदर्शनी भएको हो।
चित्रमार्फत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको बारेमा बताइएको छ। साथै यो समुदायभित्र भएका दलित समुदायमाथि हुने विभेदको बारेमा पनि चित्रमार्फत दर्साउन खोजेको छ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले पहिचानको कारण विभिन्न समस्या र विभेद भोग्दै आएका छन्। चित्रमार्फत मुख्यतया यो समुदायमा हुने वैवाहिक अधिकार र प्रेमको बारेमा विद्रोह गरिएको छ भने महिला स्वतन्त्रता, जातिय तथा सामाजिक विभेद विरोधमा प्रतिरोध गरिएको छ।
चित्र प्रदर्शनीमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले बनाएका चित्रहरू पनि छन्। यो प्रदर्शनी मंसिर २० गतेसम्म हुनेछ।