काठमाडौँको थापागाउँस्थित मण्डला नाटकघरमा यतिबेला नाटक 'गुलाफः यशोधराको यात्रा' नियमित मञ्चन भइरहेको छ।
रंगकर्मी रामहरि ढकालको परिकल्पना तथा निर्देशनमा तयार भएको यो नाटक ‘फिजिकल थिएटर’ विधामा रहेर तयार पारिएको छ, जसमा संवाद छैन तर दृश्यले कथा बोल्छ।
सिद्धार्थ गौतमले राज्य, दरबार र नाबालक पुत्रलाई छोडेर गएपछि पत्नी यशोधराको मनमा उब्जिएका उतारचढाव अनि विचार र र मनोविज्ञानलाई गुलाफ नाटकले प्रस्तुत गरेको छ। नाटकमा यशोधराका रूपमा दिया मास्के र सरिता साह देखिएका छन्।
यो नाटक एक साेमा जम्मा ६४ जना दर्शकले मात्र हेर्न पाउनेछन्।