अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ।
उनकी आमा ७२ वर्षीया सरस्वती कार्कीको उपचारका क्रममा बिहीबार बिहान ललितपुरको पाटन अस्पतालमा निधन भएको हो।
विभिन्न दीर्घरोगबाट पीडित उनलाई केही दिनअघि देखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिको स्रोतले जनाएको छ।