निर्माता अर्जुन कुमारको लगानीमा निर्माण भएको फिल्म 'सानो संसार' को प्रदर्शन मिति परिवर्तन गरिएको छ।
निर्माताले आइतबार एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति हेरफेर गरिएको जानकारी दिएका हुन्।
यसअघि असोज १७ गते घटस्थापनामा रिलिज हुने तयारीमा रहेको फिल्म अब एक हप्ता अगाडि अर्थात असोज ११ गते प्रदर्शनमा आउने भएको छ।
पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्ममा हास्य कलाकार केदार घिमिरे 'माग्नेबुढा' की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिका निर्वाह गरेकी छन्।
साथमा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटीको अभिनय छ। यी सबै कलाकारले नेपाली रजतपटमा डेब्यु गर्दैछन्।
राजधानी मिडिया र प्रिन्सेस मुभिजको ब्यानरमा फिल्म निर्माण भएको हो। कार्यकारी निर्मातामा माधव वाग्ले छन्।
सिद्धार्थ पुडार्सनीले सिनेमालाई निर्देशन गरेका हुन्। यही फिल्मबाट उनले लेखन तथा निर्देशनमा डेब्यु गर्दैछन्।
उनलाई कथा लेखनमा सरिष्मा पुडासैनीले सघाएकी छन्।