सुशील श्रेष्ठ अभिनीत फिल्म 'आउट लः दफा २१९' असोज ३ गतेदेखि प्रदर्शनमा नआउने भएको छ।
मंगलबार फिल्मको निर्माणपक्षले एक विज्ञप्ति जारी गर्दै पूर्वनिर्धारित मितिमा प्रदर्शनमा आउन नसक्ने भएको जानकारी दिएको हो।
विज्ञप्तिमा भनिएको छ, 'फिल्मको बाँकी छायांकन र पोस्ट प्रोडक्सनको कामलाई हामीले अपेक्षा गरेको भन्दा बढी समय लाग्ने देखियो। त्यसैले हामीले असोज ३ को लागि तय गरिएको मितिमा फिल्म रिलिज गर्न असमर्थ भएका छौं।'
निर्माणपक्षले चाँडै नै नयाँ रिलिज मिति तय गर्ने बताएको छ।
बिक्की महर्जनको लेखन तथा निर्देशनमा तयार यो फिल्ममा सुशीलसहित नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरूङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय छ।
यो एक्सन–थ्रिलर जनरामा बनेको फिल्म हो। अमित अग्रहरी यसको निर्माता हुन्।