९७ औं अस्कर अवार्डको दौडबाट फिल्म 'शाम्बाला' बाहिरिएको छ।
यो फिल्म ९७ औं अस्कर अवार्डका लागि नेपालबाट सिफारिस भएको थियो। बुधबार एकेडेमी अफ मोशन पिक्चर्स आर्ट्स एण्ड साइन्सेजले अन्तर्राष्ट्रिय फिचरसहित १० विधामा सर्टलिस्ट मनोनयन घोषणा गरेको छ।
मीनबहादुर भाम निर्देशित फिल्म शाम्बाला उक्त सर्टलिस्टमा सामेल हुन सकेन। यो फिल्मले थुप्रै अन्तर्राष्ट्रिय अवार्ड पाएको थियो। फिल्मले नेपाली सिनेमा हलमा पनि दर्शकको राम्रो साथ पाएको थियो।
यस्तो छ अन्तर्राष्ट्रिय फिचरतर्फ सर्टलिस्ट सूची:
१) ब्राजिल- आइएम स्टिल हेयर
२) क्यानडा- युनिभर्सल ल्यांग्वेज
३) चेक रिपब्लिक- वेभ्स
४) डेनमार्क- द गर्ल विथ द निडल
५) फ्रान्स- इमिलिया पेरेज
६) जर्मनी- द सिड अफ द सेक्रेड फिग
७) आइसल्यान्ड- टच
८) आयरल्याण्ड- निक्याप
९) इटाली- वर्मिग्लियो
१०) लात्भिया- फ्लो
११) नर्वे- आर्मन्ड
१२) प्यालेस्टाइन- फ्रम ग्राउन्ड जिरो
१३) सेनेगल- दाहोमे
१४) थाइल्याण्ड- हाउ टु मेक मिलियन्स बिफोर ग्रान्डमा डाइज
१५) बेलायत- सन्तोष