सुशील श्रेष्ठ अभिनीत फिल्म 'आउट लः दफा २१९' को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ।
असोजको ३ गतेबाट पोष्टपोन्ड भएको फिल्म अब फागु पूर्णिमाको अवसर पारेर फागुनको २९ गतेबाट नेपालभर रिलिज हुने भएको हो।
विक्की महर्जनको निर्देशन रहेको फिल्मको निर्माताले एक नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन्। पोस्टरमा सुशील हातमा हतियार लिएर सोफामा बसेका छन्। उनको अनुहारमा रगतको छिटा देख्न सकिन्छ। फिल्ममा सुशीललको साथमा शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, सोनी लगुन लगायतको अभिनय छ।
अमित अग्रहरिको निर्माण रहेको फिल्ममा विनोद कठायत कार्यकारी निर्माता छन् भने विकास चौधरी सह–निर्माताको रूपमा छन्। फिल्ममा नविन गुरूङको डीओपी, साहिल खानको सम्पादन, विक्की महर्जनको लेखन, चुल्ठे काजीको एक्सन छ।
फिल्मका लागि यसको निर्माणपक्षले ४० लाख खर्च गरेर नयाँ एक्सनको दृश्य पनि खिचेको छ। जसका कारण फिल्मको नयाँ प्रदर्शन मिति सार्वजनिक गर्न केही ढिलाईं भएको निर्माणपक्षले बताएको छ।