फुर्वाछिरिङ लामा निर्देशित फिल्म 'जार' ले मध्यपूर्वका देशहरूमा बिहीबारदेखि एकसाथ प्रदर्शन सुरू गरेको छ।
निर्माण कम्पनी फेरि टेल पिक्चर्सले युएई, कतार र बहराइनमा बिहीबारदेखि प्रदर्शन सुरू गरिएको बताएको छ। यो फिल्म गतशुक्रबारदेखि नेपाल र भारतमा प्रदर्शन भइरहेको छ।
शुक्रबारदेखि युएसए, युके, अष्ट्रेलिया, क्यानडा, साउथ अफ्रिकासँगै युरोपका विभिन्न देशहरूमा फिल्मको प्रदर्शनी तय भएको निर्देशक लामाले बताए।
यो फिल्मले सार्वजनिक प्रदर्शनयता नेपाल र भारतमा उत्कृष्ट समीक्षा पाएको छ। वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्मले २ सय वर्ष पुरानो नेपाली समाजको वास्तविक कथा बोल्छ।
फिल्ममा अभिनेता सौगात मल्ल, अनुपविक्रम शाही र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा मुख्य भूमिका छ।
होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको छायांकन सिक्किममा गरिएको छ।
फिल्म 'जार' को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्।
सरवानन इलावार्सुले छायांकन गरेको फिल्मलाई अखिलेश राईले सम्पादन गरेका हुन्। फिल्ममा झुमा लिम्बू र गंगा थापाको संगीत छ।
फिल्म 'जार' नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गरेको छ।