अभिनेत्री मलिका महत अभिनीत मिनी-सिरिज 'टिन स्पिरिट' मा समावेश 'सम्पूर्ण' बोलको गीत सार्वजनिक गरिएको छ।
काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक उक्त गीतमा अपूर्व तामाङको शब्द र स्वर छ भने संगीत निर्मातामा मनिष गुरूङ छन्। 'जी.टु.वान डिजिटल' को प्रस्तुति र योङ्ग हाट्र्स फिल्म्सको सहकार्यमा निर्मित मिनी सिरिज 'टिन स्पिरिट' लाई जीवन स्वार र सुनिल गुरूङले निर्देशन गरेका हुन्।
सिरिजमा मलिकासहित लक्ष्य तामाङ, अनुशा बायुङ्ग राई, सबी थापा, सुरेश राई, रोनिश सुब्बा, रिनेक्स बस्नेत, मनिका लामा, गीता श्री, संगीता थापा, प्रकाश श्रेष्ठ लगायतको अभिनय छ। 'टिन स्पिरिट' को निर्माताको रूपमा असिम शाह छन्।
सिरिजको कथा सुनिल गुरूङले लेखेका हुन् भने कार्यकारी निर्माता विशाल शर्मा, आसिफ शाह क्रियटिभ डाइरेक्टरको रूपमा छन्। सिरिजलाई नकुल सुनुवारले खिचेका हुन् भने सम्पादन हाङ्पे, सुनिल शिवभक्ति र बिकेन कार्कीले गरेका हुन्। सिरिज हिमालय टेलिभिजनमार्फत प्रसारण गरिनेछ। साथै, युट्युबमा 'जी टु वान डिजिटल' को अफिसियल च्यानलबाट सार्वजनिक गरिनेछ।
'सम्पूर्ण' बोलको गीत पनि 'जी.टु.वान डिजिटल' को अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो।