गुड फ्राइडे सिनेमा
१९६७, २३ जुलाइदेखि २७ जुलाइ, पाँच दिनसम्म डिट्रोइट, मिसिगन सहरमा डरलाग्दो दंगा भड्किएको थियो। पूरै सहर आगोको मुस्लोमा परिणत भएझैं बनेको यो घटनामा ४३ जनाको मृत्यु भएको थियो।
३३ काला र १० गोरा नागरिक मारिएको यो घटनामा करिब सात हजार जनालाई गिरफ्तार गरिएको थियो।
कयौं निर्दोष मानिसलाई पक्राउ गर्ने क्रममा स्थानीय काला समुदायका दर्जनौं मानिस पनि पर्छन्। निरन्तर प्रहरी दमन र राज्यको विभेदको शिकार भएको महसुस गरेका स्थानीय काला समुदायका मानिस स्वाभाविक रूपमा आक्रोशमा तोडफोड र आगजनीका घटनाले पाँच दिनसम्म यो सहर आक्रान्त बन्छ।
हजारौं घर र सार्वजनिक सम्पत्ति नष्ट भएको यो घटनामा तीव्र प्रहरी दमन भएको थियो। यो घटनामा भएको राज्य दमनलाई काला समुदायले त्यसपछिका दिनमा सशस्त्र आन्दोलन गर्न उत्तेजित पारेको समेत मानिन्छ।
प्रहरीले लाइसेन्स नभएको क्लबमा छापा मारेर गैरकानुनी ढंगले निर्दोष मानिस मार्नु यो घटनाको तात्कालिक कारण थियो। छापा मार्ने क्रममा क्लबमा काला समुदायका जवानहरू भियतनाम युद्धबाट फर्केको खुसियाली साटिरहेका हुन्छन्। त्यहीँ 'द ड्रामाटिक्स ब्यान्ड' का ल्यारी रिड र उनका साथी पनि हुन्छन्।
घटनाको दोस्रो दिन प्रहरी फिलिप क्रसको नेतृत्वमा बारमा छिर्छन् र गायक, दुई महिला र अरू केहीलाई लाइन लगाएर केरकार गर्छन्। सारा सहर नै पात्रजस्तो लाग्ने यो फिल्ममा त्यही केरकार, र यातनाका घटना जीवन्त रूपमा देखाइएको छ।
समीक्षकहरूबाट प्रशंसित र केही पुरस्कार पनि जितेको यो फिल्म प्रहरी दमन र काला समुदायको आक्रोश बुझ्न उपयोगी छ।
हेर्नुहोस् युट्युबमाः