राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको काठमाडौं उपत्यका समिति गठन भएको छ। शनिबार अनिता कुमारी घिमिरे (अनु अर्पण) को अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।
नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा प्रेमराज लामिछाने, उपाध्यक्षमा मिलन खत्री, सचिवमा सञ्जय पोखरेल, सह-सचिवमा अनिता पुराकोटी, कोषाध्यक्षमा राहुल थापा र सह-कोषाध्यक्षमा सुरेश पन्त निर्वाचित भएका छन्।
यसैगरी, कार्यसमिति सदस्यहरूमा लक्ष्मण शर्मा, विकास थापा, इन्द्रजित पौडेल, आकृति आचार्य, विकास दमासे, गोपाल नेपाली, चक्रप्रसाद पोखरेल र सन्तोष तामाङ निर्वाचित भए। समितिको प्रचारप्रसार विभाग सचिवमा प्रकाश विश्वकर्मा र सदस्यमा निरोज गौतम निर्वाचित भएका छन्।
निर्वाचन अधिकृत, अधिवक्ता रामचन्द्र श्रेष्ठले कार्यसमितिका सबै पदमा निर्विरोध निर्वाचन भएको जानकारी दिए।
समिति गठनका विषयमा बोल्दै संस्थाका केन्द्रीय अध्यक्ष चन्द्रमणि गौतमले मौलिक लोकगीत तथा संगीतको प्रवद्र्धन, संगठन विस्तार र स्थानीय समन्वयलाई प्रभावकारी बनाउन उपत्यका समिति गठन गरिएको बताए।
उनले लोक विधाका सञ्चारकर्मी र कलाकारबीच समन्वय बढाउँदै अन्य सरोकारवाला निकायहरूसँग सहकार्य गर्न यो समितिले भूमिका खेल्ने विश्वास व्यक्त गरे।