नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले इजरायलमा नेपाल इभिनिङ कार्यक्रम सम्पन्न भएको छ।
मध्यपुर्व क्षेत्रको ठुलो आइएमटिएम २०१८ को पूर्वसन्ध्यामा नेपाल पर्यटन बोर्ड र इजरायलस्थित नेपाली दूतावासको संयुक्त आयोजनामा फेब्रुअरी ४ उक्त कार्यक्रम गरिएको थियो।
कार्यक्तममा इजरायलमा रहेका कूटनीतिक कर्मचारीहरु, स्थापित पर्यटन ब्यवसायी, नेपाली समूदायको सहभागिता रहेको पर्यटन बोर्डले जानकारी दिएको छ।
उक्त अवसरमा नेपाल पर्यटन बोर्डले बनाएको गन्तब्य प्रबद्र्धनात्मक भिडियो देखाइएको थियो।