नेपाल पर्यटन बोर्डले चैत ८ देखि १० सम्म बंगलादेशको ढाका ट्राभल मार्टमा सहभागिता जनाएको छ।
युएसबङ्ला विमान दुर्घटनापछि लगतै आयोजित मार्टले नेपालको पर्यटन प्रतिबद्धता अझ स्पस्ट रुपमा जाहेर गरेको छ। उद्घाटन समारोहमा बोल्दै बंगलादेशी पर्यटन मन्त्री शाहजहान कमालले विमान दुर्घटनामा नेपालले गरेको सहयोगप्रति आभार ब्यक्त गरे।
मन्त्री कमालले अब सहयोग गर्ने पालो बंगलादेशको भएको र दुई देशको पर्यटन विकासका लागि यो मार्ट राम्रो माध्यम भएको बताए।
बंगलादेश मनिटरको आयोजनामा भएको मार्टमा पाँच पेभेलिएनमा ६० स्टल छन्। सहभागीहरु नेपाल र आयोजक बंगलादेश जस्ता देशहरू, नेपाल पर्यटन बोर्ड जस्ता राष्ट्रिय पर्यटन संस्थाहरु, ट्राभल टुर अपरेटरहरु, होटलहरु, विमानसेवाहरु सहभागि छन्।
[caption id="attachment_144546" align="alignnone" width="4608"]
dav[/caption]
नेपाली स्टलमा आएका बंगलाहरुमा नेपालप्रति असिम माया प्रस्ट देखिन्थ्यो। उनीहरु आफैंलाई र हामीलाई सान्त्वना प्रदान पनि गरिरहेका थिए। स्टलमा आउने बंगालीहरुका मुख्य प्रश्न भिसा, घुम्नुपर्ने गन्तब्यका बारेमा, जाने मार्गका बारेमा बढी केन्द्रित थिए।
उनीहरुलाई बोर्डले नेपालको विभिन्न सम्पदाका पोष्टर, नक्सा, कार्ड ड्राइभ लगाएतका सामग्री बाँडिएको थियो। नेपाल जान अग्रिम भिसा नचाहिने र भिसा शुल्क पनि नपर्ने कुराले उनीहरु खुसी देखिन्थे।
तीन दिनको मेलामा दश हजारले अवलोकन गरेका थिए भने अधिकांश नेपाल स्टलमा आएका थिए। नेपाली स्टललाई नेपालका विविध सम्पदाका तस्बिरहरुले सजाइएको थियो भने बोर्डले बनाएको प्रचारात्मक भिडियो देखाइएको थियो।
नेपाल पर्यटन बोर्डका साथमा होटल अन्नपुर्ण, कुटी रिसोर्ट, बि लाइन ट्राभल्स, सराओगी ट्राभल्स, सिलिन्क ट्राभल्स, अलसिजन एडभेन्चर र रेगुलस ट्रेक्स सहभागी थिए।
बोर्डका वरिष्ठ प्रवन्धक श्री मणिराज लामिछाने र वरिष्ठ अधिकृत सुधन सुवेदी मार्टमा सहभागिता जनाएका थिए ।