पाटा नेपाल च्याप्टरलाई पाटाले उत्कृष्ट च्याप्टरको अवार्ड प्रदान गरेको छ। काजगस्तानको अस्थानामा सम्पन्न पाटा ट्राभलमार्टमा पाटा नेपाल च्याप्टरलाई अवार्ड दिएको हो।
उक्त मार्टमा पाटा नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले ५ वटा निजि क्षेत्रका पर्यटन ब्यवसायी कम्पनिहरु क्रमशः द एक्सप्लोर नेपाल, नेपाल होलिडे मेकर्स टुर्स एण्ड ट्राभल्स, हिमालयन होलिडेज, फिसटेल टुर्स एण्ड ट्राभल्स र भृकुटी हिमालयन ट्रेक्स सहित सेप्टेम्बर १८ देखि २० सम्म काजगस्तानको नूरसुल्तान (अस्टाना) मा आयोजित पाटा ट्राभल मार्टको ४२ र्औ संस्करणमा “नेपाल पेभिलियन” चलाएका थिए।
काजगस्तान पर्यटनद्धारा आयोजना गरिएको ट्राभल मार्ट २०१९ मा विश्वभरीका ६३ गन्तब्यहरुबाट कुल १२०० सहभागिहरुले सहभागिता जनाएका थिए।
पाटा नेपाल च्याप्टरलाई सो अवरमा “पाटा बेष्ट एन्गेजमेन्ट विद यङ्ग टुरिज्म प्रोफशनल” अवार्ड दिइएको थियो। यसअघिका दुई वर्ष पनि नेपाल च्याप्टरले यो अवार्ड पाएको थियो।