पर्यटन व्यवसायी दुर्गानाथ न्यौपाने (बलराम) आन्तरिक पर्यटन पुनरुत्थान समिति बागमती प्रदेशको सह–संयोजकमा नियुक्त भएका छन्।
नेपाल पर्यटन बोर्डले कोभिड–१९ को महामारीले संकटमा परेको पर्यटन व्यवसाय पुनरुत्थानका लागि सातवटै प्रदेशमा आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन गर्ने योजना बनाएको छ। यही अनुरूप वागमती प्रदेशको सह–संयोजकमा न्यौपाने नियुक्त भएका हुन्।
लामो समयदेखिको कोरोना महामारीले थलिएको नेपाली पर्यटन बजारमा चहलपहल ल्याउन बोर्डले आन्तरिक पर्यटन प्रवर्धनको पहल थालेको हो।
न्यौपानेले अब आफ्नो कार्य क्षेत्रभित्रका पर्यटन व्यवसायीसँग सहकार्य गरि आन्तरिक पर्यटन प्रवद्र्धनमा काम गर्नुपर्नेछ ।
पदयात्रा पर्यटनको क्षेत्रमा लामो अनुभव बटुलेका न्यौपाने रसुवा ट्रेक्सका प्रबन्ध निर्देशक र रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्षसमेत हुन्।
बहुप्रतिक्षित भ्रमण वर्ष मनाउने सरकारी योजनाको मुखमा कोरोनाले थलिएको नेपाली पर्यटन बजार उकास्न पर्यटन बोर्डले गठन गरेको यो कार्यक्रमबाट हामी सबै पर्यटन व्यवसायीले लाभ लिनुपर्छ’, न्यौपानेले भने, ‘हामी सबै पर्यटन व्यवसायीहरू यसका लागि हातेमालो गरेर आन्तरिक पर्यटन विकासलाई सहयोग गर्न अनुरोध गर्दछु।’