नेपाल सरकारले अस्ट्रेलियाका लागि राजदूत सिफारिस गरेको छ।
बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले अस्ट्रेलियाको राजदूतमा महेश दाहालको नाम सिफारिस गरेको हो।
तत्कालीन राजदूत लक्की शेर्पाले पदबाट राजीनामा दिएपछि अस्ट्रेलियामा ६ महिनादेखि राजदूत थिएन।
नेकपा अध्यक्ष प्रचण्डको प्रस्तावमा दाहाललाई सिफारिस गरिएको हो। नेपाल टेलिभिजनको अध्यक्ष रहिसकेका दाहाल अध्यक्ष प्रचण्डका नातेदार पनि हुन्।