नेपाली संगीत क्षेत्रमा धेरै पहिला देखि सुनिंदै र रुचाउँदै आइएका लोकप्रिय गायक रामकृष्ण ढकाल यतिबेला क्यानडामा छन् ।
गायक ढकाल पहिलो पटक सागीतिक कार्यक्रम लिएर क्यानाडा पुगेका हुन।
हरेक वर्ष १ सेप्टेम्बरमा क्यानाडाको टोरन्टोमा आयोजना हुने हिमालयन फेस्टिबलको १२ औं संस्करणमा उनले नेपाली दर्शकहरूलाई आफ्ना लोकप्रिय गीतहरू पस्केका हुन्।
कार्यक्रममा उनले राष्ट्रिय गीत ‘विहान उठ्ने बित्तिकै’ बाट आफ्नो प्रस्तुति सुरु गरेका थिए । राष्ट्रिय पोशाकमा सजिएर यो गीत प्रस्तुत गर्दा दर्शक दिर्घामा भावुकता छाएको थियो भने केही दर्शकका आँखा रसाएको थियो ।
ॐत्यसपछि गीतको मुडअनुसार दर्शकको भाव बदलिँदै गएको थियो । करिब ५-६ हजार नेपालीहरुको सहभागीता रहको फेस्टिबलमा नेपाली कला, संस्कृति, भेषभुषा, खाना र सांगीतिक प्रस्तुति समेत प्रदर्शन गरिएको थियो ।
टोरोन्टको सफल प्रस्तुतिपछि ओटावा पुगेका ढकालले त्यहाँ पनि आफ्नो सागीतिक प्रस्तुतिबाट नेपाली दर्शक-श्रोताको मन जिते।
ओटावामा आयोजित ;रामकृष्ण ढकाल साझ'मा उनले ३ घण्टामा आफ्ना लोकप्रिय दुई दर्जन गीतहरू गाएका थिए।
कार्यक्रममा क्यानाडास्थित नेपाली राजदूतावासका राजदुत काली प्रसाद पोखरेलको समेत उपस्थिति रहेको थियो ।