क्यानडा सरकारले कोरोनाभाइरसबाट जुध्न देशका नागरिकका लागि १८.६ विलियन डलर आर्थिक प्याकेजको घोषणा गरेको छ।
गत बुधबार प्रधानमन्त्री जस्टिन ट्रुडोले कोरोनाभाइरसका कारण संघर्ष गरिरहेका परिवार तथा व्यापारीहरूलाई प्रत्यक्ष रूपमा सहयोग गर्न २७ विलियन डलर छुट्याउने घोषणा गरेका हुन्।
क्यानडामा अहिलेसम्म कोरोनाबाट १२ जनाले ज्यान गुमाइसकेका छन् भने ८७३ जना संक्रमित छन्।
प्रधानमन्त्री ट्रुडोले कोरोनाभाइरसले अर्थतन्त्रमा पारेको असरलाई उत्थान गर्नका लागि अहिलेसम्मकै ठूलो कदम चालेका हुन्।
यसअघि क्यानडा र अमेरिकाले आफ्नो नाकाहरू समेत बन्द गरिसकेको छ।