भारतको महाराष्ट्र र झारखण्डमा भएको विधानसभा चुनावको मतगणना शनिबारदेखि हुँदैछ। झारखण्डका ३८ सिट र महाराष्ट्रको २८८ सिटका लागि भएको विधानसभा चुनावको मतगणना शनिबार बिहानदेखि सुरू हुन लागेको हो।
आजै केरलको वायनाड र महाराष्ट्रको नान्देड लोकसभा चुनावको मतगणना पनि आजै हुनेछ।
त्यस्तै १४ राज्यका ४८ विधानसभा सिटमा भएको उपनिर्वाचनको मतगणना पनि शनिबार बिहानदेखि नै सुरू हुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
झारखण्ड र महाराष्ट्र विधानसभा निर्वाचनलाई प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टीको सफलता र असफलतालाई जोडेर पनि हेरिएको छ।
झारखण्डमा पछिल्लो पाँच वर्षयता हेमन्त सोरेनको नेतृत्वमा इन्डिया गठबन्धनको सरकार थियो। महाराष्ट्रमा तीन वर्षयता शिवसेनाको एकनाथ सिन्देको नेतृत्वमा एनडिए गठबन्धनको सरकार थियो।
यसबीचमा शिवसेना र राष्ट्रवादी कंग्रेस पार्टी फुटेर चार पार्टी बनेका छन्। ती चार पार्टीहरूले भाजपा र कंग्रेस आईसँग मिलेर दुई गठबन्धन बनाएर चुनाव लडेका थिए।
भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा एकनाथ सिन्दे गुटको शिवसेना र अजित पवारको राष्ट्रवादी कांग्रेस पार्टीसहितको महायुति गठबन्धन बनाएका छन्।
भारतीय कंग्रेसले उद्धव ठाकरेको शिवसेना (युटिबी) र शरद पवारका राष्ट्रवादी कांग्रेस पार्टी (शरदचन्द्र पवार) सँग मिलेर महाविकास अघाडी गठबन्धन बनाएका छन्।
महायुति गठबन्धनबाट महाराष्ट्रमा भाजपाले १२५ सिट, शिव सेनाले ८१ सिट र अजित पवारको एनसिपीले ५९ उम्मेदवार छन्।
महाविकास अघाडि गठबन्धनबाट कांग्रेसले १०१, शिवसेना (युटिबी)ले ९५ र शरद पवारको एनसिपीले ८६ उम्मेदवार छन्।
अरू दलहरू बहुजन समाजवादी पार्टीले २३७ ठाउँमा उम्मेदवारी दिएको छ भने अल इन्डिया मजलिस-इ-इत्तेहाड-उल-मुस्लिमिन (एआइएमआइएम)ले २८८ मध्ये १७ सिटमा मात्रै उम्मेदवारी दिएको छ।
अघिल्लो विधानसभा चुनावमा भाजपा-शिवसेनाले गठबन्धन गरी चुनाव लडेका थिए। त्यतिबेला भाजपाले १०५ सिट र शिवसेनाले ५६ सिट जितेको थियो।
कंग्रेसले ४४ र एनसिपीले ५४ सिट जितेको थियो। यसपालि पनि भाजपाले शिवसेनासँग गठबन्धन गरी चुनाव लड्दा पुनः सत्तामा आउने तयारी गरेको थियो।
तर शिव सेना पार्टी फुट्यो। त्यसको एक वर्षपछ शिवसेना पनि फुटेपछि दुई दल चार दलमा परिणत भएको थियो। दुई मुख्य गठबन्धनबाहेक
अरू डेढ सय बढी दलका र स्वतन्त्र उम्मेदवार थिए। मतपरिणाम पनि आजै आउने बताइएको छ।