गैरआवासीय नेपाल संघ (एनआरएनए) जापानको अध्यक्षमा सरोज कुमार खत्रीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
विगत १७ वर्ष देखि जापानलाई कर्मक्षेत्र बनाउँदै आएका खत्रीले ‘निश्वार्थ ,निरन्तरता ,निष्पक्षता एनआरएनएमा मेरो प्रतिबद्धता र परदेशमा भएका नेपाली समाज र नेपालीका लागि घर र देशको लागि जे आवश्कता र समस्या छन् ती तमाम समस्याहरुलाई जापान स्थित रहेका बिभिन्न संघसंस्था र नेपालीहरु संगै मिलेर समाधान गर्ने’ मुख्य चुनाबी एजेन्डाका साथ खत्रीले सन् २०२१-२०२३ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको हो।
साथै अहिले एनआरएनएमा उठिरहेको पारदर्शिता र जवाफदेहिता मुख्य मुद्दा रहेको पनि उनको भनाइ छ। खत्री भन्छन् झण्डै दुई दशक लामो जापान बसाइँको अनुभव एनआरएनए जापानको सुधारमा लगाउनेछु ।
खत्रीले सन् २००५ मा सदस्यको रुपमा एनआरएनए जापानमा आबद्ध भई आफ्नो यात्रा सुरू गरेर २०१३ देखि २०१५ को कार्यकालमा कान्तो क्षेत्रीया समितिको संयोजक र २०१७ देखि २०१९ को कार्यकालमा एनआरएनए जापानको राष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष पद समेत सम्हालिसकेका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको चुनाव आगामी जुलाई २७ तारिखमा सम्पन्न हुँदैछ।