जापानी प्रधानमन्त्री सिन्जीवा अबेले उत्तर कोरियासामू जापान नयाँ ढंगले प्रस्तुत हुने बताएका छन्। आइतबार सम्पन्न भएको आम निवार्चनमा आफ्नो पार्टी विजयी भएपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन्।
सम्बोधनका क्रममा उनले भने, ‘मैले निर्वाचन अघिनै प्रतिबद्धता व्यक्त गरिसकेको थिएँ कि, जापानले अब कुटनीतिक रूपमा स्पष्ट धारण बनाएर उत्तर कोरियासामू सम्बन्ध निर्धारण गर्छ। अब हामी त्यसतर्फ अघि बढिसकेका छौँ’ उनले थपे, ‘अब जापान उत्तर कोरियाको गतिविधि हेरेर मात्र बस्न सक्दैन। तसर्थ प्योङयाङबाट जापानले भोगिरहेको समस्याको तत्काल समाधान गरिने छ।’
अब आबद्ध लिबेरल डेकोक्रेटिक पार्टीले सोमबार बिहानसम्मको गणनामा कूल ४६५ सिटमा २८३ सिट कब्जा गरिसकको छ। यो सङ्ख्या जापानी संसदमा स्पष्ट बहुमत प्राप्त मत हो।