विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा प्राध्यापक प्रा.डा. विक्रम श्रेष्ठ नियुक्त भएका छन्।
प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले श्रेष्ठलाई उपकुलपति पदमा नियुक्त गरेका हुन्।
हाडजोर्नी तथा नशा रोग विशेषज्ञ रहेका श्रेष्ठ एक कार्यकाल प्रतिष्ठानको शिक्षाध्यक्ष भइसकेका छन्।
उनी २५ वर्षदेखि प्रतिष्ठानमा कार्यरत छन्।
यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राध्यापक डा.बुद्धिप्रसाद पौडेल नियुक्त भएका छन्।
बाथरोग विशेषज्ञ रहेका प्राध्यापक पौडेल दुई दशकदेखि पाटन अस्पतालमा कार्यरत छन्।
पाटन अस्पतालको इन्टर्नल मेडिसिन विभागका प्रमुख रहेका पौडेल चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का १४ औं ब्याचका गोल्ड मेडलिस्टसमेत हुन्।