उत्तर कोरियाली नेता कोम जोङ उनको कुनै पनि प्रकारको शल्यक्रिया नभएको दक्षिण कोरियाका एक सरकारी अधिकारीले आइतबार दाबी गरेको छ।
तीन सातासम्म देशको कुनै पनि सार्वजनिक कार्यक्रममा नदेखिएपछि किमको स्वास्थ्यलाई लिएर विभिन्न अड्कल काटिएको थियो।
ती कोरियाली अधिकारीले त्यसको कुनै कारण दिन भने अस्वीकार गरे।
सार्वजनिक समारोहमा नदेखिएपछि किमको मुटुको शल्यक्रिया गरिएको र शल्यक्रियापछि उनको स्वास्थ्य जटिल बनेको समाचार सार्वजनिक भएका थिए।
'हाम्रो बुझाइमा किमले शल्यक्रिया गरेका छैनन्', परिचय लुकाएका ती सरकारी अधिकारीले संवाददाताहरुसँग भने।
उनले संवाददाताहरूसँग किमको शल्यक्रिया मात्र होइन अन्य कुनै प्रकारको स्वास्थ्य उपचारसमेत नभएको दाबी गरे।
आइतबार बिहान मात्रै दुई देशको सिमानामा गोली हानाहान भएको थियो।