नेपालमा बिएमडब्ल्यू गाडीको आधिकारिक आयातकर्ता तथा डिलर लक्ष्मी प्रिमियम मोटर्सले नयाँ बिएमडब्ल्यू आइएक्स टु एसएभी (स्पोर्ट्स एक्टिभिटी भेइकल) भित्र्याएको छ।
नयाँ बिएमडब्ल्यू आइएक्टुले नेपालमा विद्युतीय सवारी र दिगो यात्राप्रति बिएमडब्ल्यूको प्रतिबद्धता दर्शाउने बताइएको छ।
आकर्षक डिजाइन र स्मार्ट सिस्टमको संयोजन रहेको यस मोडलले नयाँ प्रविधि र दिगोपन रोज्ने ग्राहकहरूलाई उत्कृष्ट विकल्प प्रदान गर्दछ।
बिएमडब्ल्यूले आफ्नो इलेक्ट्रिक लाइनअप विस्तार गर्दै बिएमडब्ल्यू आइएक्स टु इ ड्राइभ २० सार्वजनिक गरेको हो।
यस गाडीले अधिकतम १५० किलोवाट/ २०४ एचपी (अस्थायी बुस्टसहित) पावर उत्पादन गर्छ भने यसको रेन्ज ४३० देखि ४७५ किलोमिटरसम्म (डब्ल्यूएलटिपी प्रारम्भिक अनुमान अनुसार) रहेको छ।
कम उर्जा खपत (प्रति १०० किमी १७.२ देखि १५.४ किलोवाट आवर) र शून्य उत्सर्जन भएको यो गाडीले प्रिमियम कम्प्याक्ट एसएभी सेग्मेन्टमा उत्कृष्ट रोजाई प्रदान गर्दछ।
यसलाई ११ किलोवाटको एसी चार्जर र १३० किलोवाटको डिसी फास्ट चार्जरले चार्ज गर्न सकिन्छ।
आइएक्स टुको इन्टेरियरमा ड्युल कर्भ स्क्रीन लेआउट पाउन सकिन्छ।
हेडअप डिस्प्ले, १२ वटा स्पीकर सहितको हर्मन कार्डनको म्युजिक सिस्टम, प्यानारोमिक ग्लासरुफ, हिटेड र मेमोरी सहितको पावर्ड फ्रन्ट सिटले जो कोहीलाई लोभ्याउने छ। साथै, वायरलेस चार्जर, अटोमेटिक एसी, रियर एसी भेन्ट जस्ता फिचरले चालक र यात्रु दुवैलाई सहज बनाउने छ।
सुरक्षाको लागि आइएक्स-टुमा ७ वटा एयरब्याग, चारवटै चक्कामा डिस्क ब्रेक, इन्ट्रीग्रेटेड ब्रेकिङ सिस्टम, अटोहोल्ड, ड्राइभ अफ असिस्ट, डाइनामिक ब्रेक कन्ट्रोल, मल्टी ड्राइभ फङ्सन, हाइबिम असिस्ट जस्ता फिचर पाउन सकिन्छ ।
कम्पनीले यसमा १९ इन्चको डबल स्पोक अलोय ह्विल दिएको छ । यसमा स्पेयर टायर उपलब्ध छैन। त्यसको सट्टा टायर रिपियर किट दिएको छ ।
आएक्स टुको लम्बाइ ४५५४ एमएम, चौडाइ १८४५ एमएम, उचाइ १५६० एमएम छ। यसको ह्विलबेस २६९२ एमएम छ।