टाटा मोटर्स नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिम प्रदेशलाई लक्षित गर्दै धनगढीको बोराडाँडीमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ।
सिप्रदीले जिएआरएस ट्रेडिङ कन्सर्नलाई नयाँ आधिकारिक डिलरको रूपमा चयन गर्दै मंगलबारबाट सञ्चालनमा ल्याइएको हो।
अब धनगढी मात्र नभई सुदूरपश्चिमभरका ग्राहकहरूले यस शोरूममार्फत टाटा मोटर्सका विद्युतीय मोडलहरू-टाटा टियागो इभी, पञ्च इभी, नेक्सन के–३ इभी र कर्भ इभी खरिद गर्न सक्नेछन्।
यस्तै, आइसिई मोडलअन्तर्गत टियागो, पञ्च, नेक्सन र सफारी पनि उपलब्ध हुनेछन्।
शोरूमको उद्घाटन सिप्रदी ट्रेडिङ प्रालिका सिनियर डिलर म्यानेजर मेघ राज ढुंगेल र जिएआरएस ट्रेडिङ कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेले संयुक्त रूपमा गरे।
सिप्रदीले नयाँ शोरूममार्फत आकर्षक फाइनान्स सुविधा, सहज बीमा योजना, गुणस्तरीय सर्भिसिङ तथा बिक्रीपछिको गुणस्तरीय सेवा उपलब्ध गराउने जनाएको छ।