इभी ब्रान्ड दिपलले शुक्रबारदेखि इटहरीमा चार दिने विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रम सुरु गर्ने भएको छ।
उद्घाटन हुन लागेको नयाँ शोरुममा भदौ २० देखि २३ गतेसम्म ग्राहकहरूले दिपलका अत्याधुनिक इभी मोडेल टेस्ट ड्राइभ गर्ने र दिपलका मानव रोबोट अनुभव गर्ने अवसर पाउनेछन्।
कार्यक्रममा दिपल एस–०७ आइसिए, एल–०७, संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी इ–०७, अल्ट्रा–लक्जरी अवतार ११ तथा अटोबजारमा चर्चित नयाँ एस–०५ जस्ता मोडल उपलब्ध हुनेछन्।
एक्सचेन्ज योजनामा ग्राहकहरूले पुरानो सवारीको उच्चतम मूल्यांकनका साथै निश्चित मोडेलमा नगद छुट, निशुल्क रोड ट्याक्स, इन्सुरेन्स र ट्राभल चार्जर पाउनेछन्।
शोरुममा दिपलका ह्युमनोइड रोबोट र रोबोट कुकुर पनि प्रदर्शनीमा राखिनेछन्।