सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नं २ मा ३९ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
ज्येष्ठ नागरिक सेवा समितीको अध्यक्ष ठाकुर प्रसाद शिवाकोटी र बैंकको प्रादेशिक कार्यालय १ का सदस्य पुर्ण बहादुर थापाले एक समारोहका बीच मेचीनगरमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका हुन ।
हालसम्म बैंकले वटा १२४ शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा ए.टि.एम मार्फत आफ्ना करीब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको जनाएको छ ।