ग्लोबल आइएमई बैंकले वैदेशिक रोजगारमा गएका तथा विदेशमा बस्ने नेपालीहरुका लागि ग्लोबल आइएमई जन्मभूमि घर कर्जा ल्याएको छ।
यो योजनाअन्तर्गत उनीहरुलाई आवश्यक कागजात पेश गरेको तीन दिनभित्र घर कर्जा उपलब्ध गराइने छ।
न्यूनतम व्याजदरमा सहज रुपमा पाप्त गर्न सकिने जन्मभूमि घर कर्जाले रेमिट्यान्सलाई बैंकिङ्ग च्यानलबाट भित्र्याउन मद्दत पुग्ने बैंकले विश्वास लिएको छ।
यो घर कर्जा वैदेशिक रोजगारबाट प्राप्त आयको आधारमा भारतसहित विभिन्न देशमा बस्ने नेपालीका परिवारलाई प्रदान गरिने बैंकले बतायो।
जन्मभूमि घर कर्जा ग्लोबल आइएमई बैंकको सबै शाखाबाट प्राप्त हुने भएको छ।
बैंकले १५० वटा शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर, १५० एटीएम, १९४ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत ११ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।