सिद्धार्थ बैंकले दायित्व नेपालसँगको सहकार्यमा बुटवलको तिलोत्तमा नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई बैंकिङ कर्जासम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको बैंकले बतायो।
कार्यक्रममा त्यस क्षेत्रका ४५ भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए।
यो बैंकले देशभर १७३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टरसहित), १०१ शाखारहित बैंकिङ सेवा, १९१ एटिएम र हजार ६ सय भन्दा बढी पिओएस मेसिन मार्फत् बैैकिङ सेवा प्रदान गर्दै आएको छ।