ग्लोबल आइएमई बैंकले बुधबार तीन वटा नयाँ शाखा संचालनमा ल्याएको छ।
बैंकले दिपायल सिलगढी नगरपालिकामा भिमेश्वर नगरपालिकामा र सिद्धार्थनगर नगरपालिकामा नयाँ शाखा संचालनमा ल्याएको हो।
तीन नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १५३ पुगेको छ।
यससँगै ३१ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटिएम तथा १९५ शाखा रहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालयमार्पmत आफ्ना ११ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।