प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०७९–८० को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी २८औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रूपैयाँ रहेको छ। प्रस्तावित बोनस वितरणपछि उक्त पुँजी १ अर्ब ४४ करोड रूपैयाँभन्दा बढी पुग्नेछ।
गत वर्ष भने कम्पनीले ६.७० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कुल ७.०५ प्रतिशत लाभांश वितरण गरेको थियो।