बिहीबार अमेरिकी डलरको भाउ घटेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रूपैयाँ २२ पैसा र बिक्रीदर १३२ रूपैयाँ ८२ पैसा कायम गरिएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९४ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको १२ पैसा घटेको हो।
आज युरोपियन युरो एकको खरिदमा भने १४३ रूपैयाँ ७६ पैसा र बिक्रीमा १४४ रूपैयाँ ४२ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ २५ पैसा र बिक्रीमा ८६ रूपैयाँ ६५ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ३३ पैसा र बिक्रीमा ९७ रूपैयाँ ७७ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ २२ पैसा र बिक्रीदर १६८ रूपैयाँ ९८ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४१ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ र बिक्रीमा ३६ रूपैयाँ १६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २७ रूपैयाँ ९४ पैसा र बिक्रीमा २८ रूपैयाँ ०७ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ७३ पैसा र बिक्रीमा ४३१ रूपैयाँ ६८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ७५ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ३५ पैसा तोकिएको छ।