साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक १३.५१ अंकले बढेको छ।
यसदिन नेप्से ०.६७ प्रतिशतले बढेर २०३०.५५ विन्दुमा बन्द भएको छ।
बिहीबारको बजारमा ३ अर्ब १९ करोड ९२ लाख ५ हजार ८२० रूपैयाँको सेयर कारोबार भएको छ।
गत कारोबार दिन अर्थात् बुधबार ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार ३५७ रूपैयाँको कारोबार भएको थियो।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा २६ करोड रूपैयाँ कमी आएको हो।
यस दिन ३०९ वटा धितोपत्रको ८९ लाख २९ हजार १५२ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ वटाको घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन पिपुल्स हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३४९ रूपैयाँ ८० पैसा कायम भएको छ।
यस्तै, चिरख्वा हाइड्रोपावको सेयर मूल्य ८.९७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ६८० रूपैयाँ पुगेको छ।
एनआइसी एशिया ग्रोथ फण्ड–२ काु इकाइ मूल्य सर्वाधिक ६.२१ प्रतिशतले घटेको छ। उक्त योजनाको इकाइ मूल्य ८ रूपैयाँ १६ पैसामा झरेको छ।
यस्तै, सामलिङ पावरकाे सेयरमूल्य ५.०२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५८६ रूपैयाँ कायम भएको छ।
बिहीबार नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता १०० रूपैयाँमा ५६ करोड २० लाख बराबरको सेयर कारोबार भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५२२ रूपैयाँमा १६ करोड ४१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन, म्युचुअल फण्ड र व्यापार समूहको परिसूचक १ प्रतिशतभन्दा कमले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।
यस दिन निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशतले बढेको छ।