नेपाल राष्ट्र बैंकले बुधबारको लागि विनिमयदर निर्धारण गरेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ बढेको छ। अघिल्लो दिन डलर एकको खरिददर १३३ रूपैयाँ २३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८३ पैसा तोकिएकोमा आज खरिदमा १३३ रूपैयाँ ३६ पैसा र बिक्रीमा १३३ रूपैयाँ ९६ पैसा पाइन्छ।
आज युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ ८२ पैसा र बिक्रीमा १४२ रूपैयाँ ४५ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६६ रूपैयाँ ०५ पैसा र बिक्रीमा १६६ रूपैयाँ ८० पैसा पाइने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले बुधबारको लागि अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ६१ पैसा र बिक्रीदर ८६ रूपैयाँ तोकेको छ। अघिल्लो दिनको तुलनामा अष्ट्रेलियन डलरको सटहीदर घटेको हो।
मंगलबार डलर एकको खरिददर ८६ रूपैयाँ ४१ पैसा र बिक्रीदर ८६ रूपैयाँ ८० पैसा कायम गरिएको थियो।
आज क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ७२ पैसा र बिक्रीमा ९७ रूपैयाँ १६ पैसा पाइन्छ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आजको लागि ३५ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७१ पैसा तोकेको छ।
कतारी रियाल एकको खरिददर भने ३६ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ७३ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा बुधबार ३६ रूपैयाँ ३१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४८ पैसा पाइन्छ। अघिल्लो दिन दिराम एकको खरिददर ३६ रूपैयाँ २८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४४ पैसा कायम गरिएको थियो।
मलेसियन रिंगिट एकको खरिदमा भने आज २७ रूपैयाँ ८३ पैसा र बिक्रीमा २७ रूपैयाँ ९५ पैसा पाइन्छ।
आज राष्ट्र बैंकले कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ६९ पैसा र बिक्रीदर ४३४ रूपैयाँ ६४ पैसा तोकेको छ।
अघिल्लो दिनको तुलनामा दिनारको विनिमयदर बढेको हो। मंगलबार दिनार एकको खरिददर ४३२ रूपैयाँ ५६ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ५१ पैसा तोकिएको थियो।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिदमा भने ३५३ रूपैयाँ ७४ पैसा र बिक्रीमा ३५५ रूपैयाँ ३४ पैसा पाइन्छ।