फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको छ।
डमेस्टिक क्रेडिट कार्ड सञ्जाल अन्र्तगत फोनपेले नेपालमा पहिलो पटक पूर्ण रूपमा डिजिटल क्रेडिट कार्डको सुरुवात सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसँगको सहकार्यमा सुरुवात गरेको जनाएको छ।
नेपालका बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूलाई फोनपे कार्ड स्किम अन्तर्गत रही पूर्ण रूपको डिजिटल क्रेडिट कार्ड आफ्नो मोबाइल बैंकिङ एपमार्फत् उपलब्ध गराउन सक्नेछन्।
सिटिजन्स बैंक इन्टरनेसनल यस्तो कार्ड जारी गर्ने नेपालको पहिलो बैंक भएको बताइएको छ। सिटिजन्स बैंकका ग्राहकहरूले यस क्रेडिट कार्डको सुविधा सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमार्फत् लिन सक्ने जनाइएको छ।
क्रेडिट कार्ड पूर्ण रूपमा डिजिटल अनबोर्डिङ हुने तथा हाल फोनपे क्युआरमा आबद्ध करिब १४ लाख व्यावसायीहरूको स्थानहरूमा निर्बाद रूपमा प्रयोग गर्न सकिने फोनपेले जनाएको छ।
फोनपेका सिइओ दिवस कुमारले भने, 'हामीले नेपालमा भुक्तनीको नयाँ उपकरणको रूपमा फोनपे कार्ड स्किम प्रस्तुत गर्न पाउँदा उत्साहित छौं। यसको सजिलो पहुँच र बलियो सुरक्षा सुविधाहरूको साथ, यो सेवाद्वारा ग्राहकहरूले आफ्नो वित्तीय व्यवस्थापन र कारोबार सञ्चालन गर्ने तरिकालाई पुनः परिभाषित गर्ने विश्वास लिएका छौं।'