नेपाल राष्ट्र बैंकले पाँच रूपैयाँको ३५ करोड पिस नयाँ नोट छाप्न लागेको छ। राष्ट्र बैंकले यसको लागि अन्तर्राष्ट्रिय बोलकबोल गरेको हो।
पाँच रूपैयाँका एक अर्ब ७५ करोड रूपैयाँ बराबरको नोट छापिन लागिएका हुन्। यसको लागि मे १० मा बिहान ११ बजे 'प्रि विडिङ' हुनेछ भने ३ जुनको १२ बजेसम्म गोप्य बोलकबोल पेस गर्नुपर्ने भएको छ।
यस्तो विडिङ एक सय २० दिनसम्म योग्य रहनेछन्। बोलकबोलको क्रममा २ करोड १० लाख रूपैयाँ बराबर धरौटी राख्नुपर्ने व्यवस्था गरिएको छ।