राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६५ पैसा कायम गरिएको छ।
शुक्रबार डलर एकको खरिदद १३३ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६१ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ४ पैसा बढेको हो।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
आज पाउण्ड एकको खरिदमा १६६ रूपैयाँ ५१ पैसा र बिक्रीदर १६७ रूपैयाँ २६ पैसा तोकिएको छ।
शुक्रबार पाउण्ड एकको खरिददर १६६ रूपैयाँ ४४ पैसा र बिक्रीदर १६७ रूपैयाँ १९ पैसा कायम गरिएको थियो।
युरोपियन युरो एकको खरिददर आज १४२ रूपैयाँ ७६ पैसा र बिक्रीदर १४३ रूपैयाँ ४१ पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ६ पैसा बढेको हो।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८६ रूपैयाँ ९७ पैसा र बिक्रीमा ८७ रूपैयाँ ३७ पैसा पाइन्छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ४४ पैसा र बिक्रीमा ९७ रूपैयाँ ८८ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६३ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २७ रूपैयाँ ९१ पैसा र बिक्रीमा २८ रूपैयाँ ०३ पैसा पाइन्छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ २५ पैसा र बिक्रीमा ४३४ रूपैयाँ २० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ४६ पैसा तोकिएको छ।